२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साहित्य पुरस्कार डा. लम्साललाई

अ+ अ-

वाग्मती । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्साललाई प्रदान गरिने भएको हो ।

पुरस्कार नगद राशि रु ५१ हजारसहित सम्मानपत्र रहने छ । गतवर्षसम्म रु २१ हजार एकको रहेको महालक्ष्मी साहित्य पुरस्कारको राशि यस वर्षबाट वृद्धि गरी रु ५१ हजार बनाइएको बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिए । सामाजिक उत्तरदायित्व निभाउँदै बैकले साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको पराजुलीले जानकारी दिए ।

यही फागुन २९ गते एक कार्यक्रमको आयोजना गरी महालक्ष्मी साहित्य पुरस्कारबाट डा. लम्साल, मातृभूमि राष्ट्रिय सम्मान २०७७ बाट कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान २०७७ बाट इतिहास लेखक केदारप्रसाद न्यौपानेलाई सम्मान गरिने छ । सोही दिन कवि दिनेश शर्मा न्यौापानेको कविता सङ्ग्रह विमोचन गरिनेछ ।

यसैबीच मातृभूमी साहित्य समाज मकवानपुरले आगामी फागुन २८ गते शुक्रबार एक कार्यक्रम आयोजना गरी विभिन्न विधिमा १५ साहित्य सम्मान प्रदान तथा पुरस्कार प्रदान गर्ने भएको छ । कोरोनाका कारणसहित विभिन्न समस्याले प्रदान गर्न बाकी रहेका गत वर्षका सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिने गरी कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष माधव पोख्रेलले जानकारी दिए । अन्य पुरस्कार मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्तरुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५ बाट गजलकार पुष्प अधिकारी, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६ बाट मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०७६ बाट बाबु क्षेत्रीलाई प्रदान गरिने छ ।

यसैगरी श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६ बाट समाजसेवी राजकुमार सिंधी, होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७ बाट साहित्यकार केशवराज आमोदी, मायादेवी–मातृभूमि पुरस्कार २०७७ बाट कवि अनुराधा शर्मा प्रदान गरिने भएको हो ।

त्यस्तै शेखर शर्मा रिजाल–मातृभूमि शैक्षिक पुरस्कार २०७६ बाट प्राडा नारायणप्रसाद खनाल र २०७७ बाट सुवर्णबहादुर थापा, हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ बाट सुवास खनाल, क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान २०७७ बाट कवि डा गणेशकुमार पौडेललाई प्रदान गरिने छ ।

यसैगरी राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७ बाट आसाम निवासी कृष्णविक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ बाट सुवर्णलाल श्रेष्ठ, झलकबहादुर बानियाँ स्मृति जीवन सङ्घर्ष मातृभूमि सम्मान २०७७ बाट विसु लामा र मङ्गलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ बाट दिव्या चौलागाईलाई प्रदान गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस