नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ


२० फाल्गुन २०७७, बिहिबार


पक्राउ

काठमाडौँ । काठमाडौँको नागढुंगाबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेक पोइन्टबाट पर्सा छिपरमाई गाउँपालिका ५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी रमेशकुमार बस्नेतका अनुसार पर्साबाट यात्रुवाहक बसमा आएका उनीबाट प्रहरीले एक हजार एम्पुल लागुऔषध बरामद गरेको हो।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले उनीमाथि चेक गर्दा लागू औषध फेला पारेको हो। उनीमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस