प्रधानसेनापतिले कोरोना खोप लगाए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापतिले कोरोना खोप लगाए


१७ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९(कोरोना भाइरस)विरुद्धको खोप लगाएका छन् ।

प्रधानसेनापति थापाले सोमबार काठमाडौँ छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोरोना खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा रहेकाहरूलाई कोरोना खोप लगाइएको थियो भने दोस्रो फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथि उमेरकालाई लगाउने सरकारले तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस