आँधिहुरी आएपछि…!! « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आँधिहुरी आएपछि…!!


१५ फाल्गुन २०७७, शनिबार


सीमान्त बस्तीहरूको झुप्रोमा
अक्सर जमिन र श्रीसम्पत्ति विहीन
सुकुम्वासीहरू बस्छन्
आँधिहुरी गर्जिएर आउँदा
सुकुम्वासीको धनिपुर्जा बगाउने कुरै भएन
नागरिकता बगाएर/उडाएर लग्यो भने
भनसुन र दौडधुप गरेपछि
प्रतिलिपि निकाल्न सम्भव छ
सशुल्क नवीकण गरेको सुकुम्वासी प्रमाणपत्र
बगाएर/उडाएर लगे पनि
धनिपुर्जावाला बनाइदिने आश्वासनमा
पुस्तौनी धोका खाएका
सुकुम्वासीलाई परिचयपत्र नासिदा दुखेसो छैन

बदलामा,
आँधिहुरीले सीमान्तहरूको मनमा
बाच्नकै लागि उथलपुथल र कम्पन
छोडेर जान्छ ।
विडम्बना,
ठूला–ठूला घर, जमिन, धनमाल हुनेहरूको
जमिन बगाएपछि
धनपुर्जा र सम्पत्ति प्रमाणका प्रतिलिपिहरू
दुरुस्त गर्न सके पनि
बगेर गएको जमिन वा धनमाल फर्केर आउदैन्
आँधीहुरीले समृद्ध बस्तीको
छानो उडाउँदै जमिन बगाएपछि
भावशून्य हुन्छन्, निवर्तमान मालिकहरू ।

 

Tags :
प्रतिक्रिया दिनुहोस