पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्चको आदेश


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रदेशसभा सांसद नरोत्तम वैद्यले दायर गरेको रिटमाथि आज (बुधबार) सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।

यधपी सर्वोच्च अदालतमा रिट विचाराधिन अवस्थामा रहदा आज (बुधबार) बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।

सम्बन्धित समाचार : राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा जलहरी स्थापित

Tags :
प्रतिक्रिया दिनुहोस