२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि दाहाल-नेपाल समुहको खुशीयाली सभा

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ ।

राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच्चाएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो ।

सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए।

शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । जुलुसमा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसाल, जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा नेत्री पम्फा भुसालले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताइन् । ‘अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’, उनले भनिन् । विश्वकै उत्कृष्ठ समाजवादी मोडल स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने उल्लेख गर्दै उनले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न लागिका पर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेत्री भुसालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गरिन् । नेकपाले संसद् पुनःस्थापनाको खुशीयालीमा देशभर जनसभाको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस