वीरगन्ज । बाराको उपमहानगरपालिका–९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ ।
आगलागी नियन्त्रण का लागि ८ वटा दमकलको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वीरगन्ज महानगरपालिकाका ३ वटा, हेटौँडा, जीतपुर सिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक/एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।