१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाञ्जाको अपहरण गरेर एक करोड फिरौती माग्ने मामा पक्राउ

अ+ अ-

धनुषा । आफ्नै भाञ्जा अपहरण गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगराइन नगरपालिका-६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका-७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

महोत्तरीको साबिक दनौली-७ र अहिलेको पिपरा गाउँपालिका-७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका-७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने नातामा नाबालकका मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् ।

शनिबार दिउँसो १ बजेदेखि हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा मोबाइलबाट फोन गरी बालकको आमासँग रु एक करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोनमार्फत सीमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खबर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले जनाए ।

प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्न बालकका मामासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस