२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

अ+ अ-

काठमाडौँ । देशकै स्तरीय अस्पतालको रूपमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरूको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ ।

भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा रहेर महिलाहरूमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीहरूको उपचार थालेकी हुन् ।

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधवार स्तन क्यान्सर पीडित महिलाहरूलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन् । उनको ओपिडी सेवा लिन चाहने महिलाहरूले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अग्रिम नाम लेखाउनुपर्ने अस्पतालले जनाएको छ ।
नेपालका अन्य केही अस्पतालहरूमा समेत स्तन क्यान्सरको उपचार हुने गर्छ । तर, ती अस्पतालहरूमा उपचार तथा शल्यक्रिया गर्ने सर्जन पुरुषहरू मात्र छन् । महिलाहरूको संवेदनशील अङ्ग भएका कारण उनीहरूले महिला सर्जनसँग सहज अनुभव गर्ने र सम्भवतः डा. कार्की नेपालकै पहिलो र एक मात्र स्तन क्यान्सरको उपचार गर्ने महिला सर्जन समेत हुन् ।

‘अहिलेसम्मको अध्ययनको निष्कर्ष हेर्दा महिलाहरूले लाज, धक र डर तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रेस्ट क्यान्सरको लक्षणको विषयमा बताउन चाहँदैनन् ।’ डा. कार्की भन्छिन्–‘तर सर्जन पनि महिला नै हुँदा क्यान्सरबाट पीडित महिलाहरूले समयमै आफ्नो समस्या बताउन सक्छन्, समयमै थाहा भयो भने स्तन क्यान्सरको उपचार सम्भव छ ।’

डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै, विश्वका ६ महिलामध्ये एक जनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ । यो अनुपात अझै बढ्ने सम्भावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा. कार्की बताउँछिन् ।

डा. कार्कीले नर्भिकमा स्तन क्यान्सर भएका वा शङ्का लागेका महिलाहरूको अत्याधुनिक प्रविधिको सहायताले परीक्षण गर्छिन् । जस–जसलाई क्यान्सरको समस्या देखियो, उनीहरूको सबै खालका परीक्षणदेखि शल्यक्रियासम्म नर भिकमै हुनेछ ।

डा. कार्कीले देशकै स्तरीय अस्पताल र चिकित्सकका लागि समेत राम्रो काम गर्ने वातावरण भएका कारण आफूले नेपाल आएर नर्भिक नै रोजेको दाबी गरिन् । ‘उपचारमा संलग्न हामीजस्ता चिकित्सकहरूका लागि राम्रो काम गर्ने वातावरण तयार भयो भने हामीले बिरामीलाई पनि राम्रो सेवा दिन सक्छौँ ।’ डा. कार्कीले भनिन्–‘यसका लागि नेपालमा नर्भिकको विकल्प अर्को अस्पताल छ जस्तो लाग्दैन ।’

उनले नेपाली महिलाहरूलाई स्तन क्यान्सरको शङ्का लागेमा अस्पताल आउने कुरामा ढिलाइ नगर्न पनि आह्वान गरेकी छिन् । ‘पहिलो स्टेजमै थाहा भयो भने ब्रेस्ट क्यान्सर ठिक पार्न सकिन्छ ।’ उनले भनिन्–‘लाज, धक, डरका कारण अस्पताल आउन ढिलाइ भयो भने अवस्था विकराल बन्न सक्छ ।’

पछिल्लो समय स्तन क्यान्सरको उपचार(शल्यक्रिया) स्तन नफ्याली वा नकाटी समेत गर्ने चलन सुरु भएको छ, नर्भिकमा पनि यो सेवा उपलब्ध हुन्छ । डा. कार्कीले अगाडि भनिन्–‘स्तन नकाटी शल्यक्रिया गर्दा पीडित महिलाहरूलाई सामाजिक रूपमा पुनर्स्थापित गराउन सहज हुन्छ र उनीहरूको मनोविज्ञानमा समेत खासै ठुलो असर नगर्ने रहेछ । फिनेललाई साइक्लोजिकल ट्रमाबाट बचाउन सकिन्छ ।’

डा. कार्कीले भारत टाटा मेडिकल सेन्टर लगायतका प्रतिष्ठित संस्थाहरूमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा ७०० हाराहारी महिलाहरूको शल्यक्रिया गरेकी छिन् । उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रूपमा धुलिखेल अस्पताल लगायतमा समेत काम गरेको अनुभव छ । उनले एमबीबीएस भने पाकिस्तानबाट गरेकी हुन् ।