२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची पानी वितरण संरचनाको परीक्षणमा शुरुदेखि केयूकेएल सहभागी हुने

अ+ अ-

काठमाडौँ । मेलम्चीको पानी वितरणका लागि बनाइएका संरचना सञ्चालनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी परीक्षणको समयदेखि नै संलग्न हुने भएका छन् । शुरुका केही महिना निर्माण कम्पनीले नै परीक्षण गर्ने सहमति भए पनि अहिले शुरुबाट नै कम्पनीका कर्मचारी सहभागी हुने गरी छलफल भइरहेको हो ।

पानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको संरचना सञ्चालनमा शुरुका दिनदेखि नै लिमिटेडका कर्मचारी निर्माण कम्पनीसँग साथमा हुने गरी छलफल भइरहेको लिमिटेडले जनाएको छ । पहिले पूर्वाधार निर्माण पछि केही समयसम्म निर्माण कम्पनीले नै पूर्वाधार सञ्चालन गर्ने योजना बनाइएकोे लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार कर्मचारीलाई सुन्दरीजलमा पानी आएपछि नै परीक्षणमा खटाउँदा पछि सञ्चालनमा सजिलो हुने देखिएको छ । उनले भने, ‘हाम्रा कर्मचारी पनि सँगै हुँदा कुनकुन ठाउँमा के समस्या छ भन्ने जानकारी हुनेछ, त्यसले गर्दा तत्काल समाधान गर्न सकिनेछ ।’

निर्देशनालयले वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण सम्पन्न गरेर लिमिटेडलाई हस्तान्तरण गर्नेछ । उपत्यकामा पानी वितरणका लागि आर्थिक, प्रशासनिकलगायतका सबै तयारी भइसकेको छ । अहिले मेलम्चीको पानी आएपछि वितरणका लागि विच्छ्याइएका पाइपमा वाग्मतीको पानी हालेर परीक्षण भइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए। उनले भने, ‘मेलम्चीको पानी आएपछि नै पूर्णरुपमा परीक्षण हुनेछ ।’

निर्देशनालयले अहिलेसम्म सबै किसिमका गरी झण्डै एक हजार २०० किमी पाइप विच्छ्याइसकेको छ । १० स्थानमा रिजर्भ पानी ट्याङ्कीको निर्माण गरेको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमध्ये अधिकांश स्थानमा पाइप विच्छ्याउने काम भइसकेको छ ।

बोर्डले हेलम्बुस्थित निर्माणस्थलमा सुरुङ मार्ग, हेडबक्स निर्माण र सुन्दरीजलमा दुई प्रशोधन केन्द्र निर्माण गरेको छ । निर्देशनालयले प्रशोधन केन्द्रबाट विभिन्न स्थानमा रिजर्भ ट्याङ्की हुँदै पोखरीसम्म पानी पठाउन आवश्यक संरचना निर्माण गरेको छ । निर्देशनालयले सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप विच्छ्याउने काम गरिरहेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी वितरण हुनेछ । पहिलो चरणमा चक्रपथभित्रका अधिकांश स्थानमा र उपत्यका बाहिरका केही स्थानमा पानी वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस