काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दिइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द गरेको छ ।
दैलेखको कालिका माध्यमिक विद्यालय सिंहासैनमा अध्ययनरत विद्यार्थी रोशन कुमार शाहीले परीक्षाको मर्यादाविपरित परीक्षा सञ्चालन भइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राखेको भेटिएकोले उनको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
गत मङ्सिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएका थिए । उनको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय परीक्षा बोर्डप्रति विभिन्न टीकाटिप्पणी आएका थिए ।
यस्तै निरीक्षकका रूपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।
सूचना :