फरक स्वादका ४ म्यूजिक भिडियो सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फरक स्वादका ४ म्यूजिक भिडियो सार्वजनिक


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । सरस्वती पुजाको अवसर पारेर वरिष्ठ संगीतकार किरण कणेलद्वारा संगीतवद्ध ४ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सिटि सेन्टर, कमलपोखरीमा आयोजित कार्यक्रममा गायक, कलाकार, लेखक तथा अतिथिहरुको संयूक्त टोलीले म्यूजिक भिडियोको लोकापर्ण गरेका थिए ।

कार्यक्रममा कालिप्रसाद रिजालको शब्द र रमेश कँडेलको स्वरमा रहेको मान्छे, कल्पना सुवेदीको शब्द प्रताप दास र मेलिना राईको स्वरमा रहेको गालाको तिलैमा, बानिका प्रधानको स्वरमा रहेको साह्रै प¥यो र तिमीबिना गीतका म्यूजिक भिडियोहरु सार्वजनिक गरिएको थियो ।

मान्छे बोलको गीतमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, गालैको तिलैमा गीतमा आकाश श्रेष्ठ र पुजा शर्माले अभिनय गरेका छन् । त्यस्तै साह्रै पर्योमा बानिका प्रधान आफै खेलेकी छन् । तिमी बिना कभर सङ्ग हो ।
“गीतका शब्द र संगीतले मानव जीवनको समवेदनासँग प्रत्यक्ष जोड्ने प्रयत्न गरेको छ” संगितकार किरण कणेल भन्छन्, “समग्रमा संगीतपे्रमीको मनछुने गीत बनेको छ ।”

कार्यक्रममा कालिप्रसाद रिजाल, क्याप्टेन विजय लामा, संगीतकार राजु सिंह लगायतको उपस्थिती रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस