१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ ।

केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ ।

मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल कायम रहेको पश्चिमी वायु कमजोर रहेकाले वर्षा हुन सकिरहेको छैन् । ‘वर्षा हुनका लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रमा जलवाष्पयुक्त हावा बहनुपर्दछ ।’ उनले भने ।

हाल देशको प्रदेश नं १ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भ–ूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनाका साथै देशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस