लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै


३ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउने भएको छ । प्रदेश स्थापना दिवसको मूल समारोह प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ ।

मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ । कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभूषित गरिने जनाइएको छ ।

गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले ११ प्रकारका पदक मार्फत ५८ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

यसैगरी उक्त कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक र मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समीक्षागत पुस्तिका पनि सार्वजनिक गरिने छ ।

गत असोज २० मा प्रदेश सभाले स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा कायम गर्ने र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले राप्ती गाउँपालिकास्थित प्राविधिक शिक्षालय परिसरलाई प्रशासनिक केन्द्र बनाउने र त्यहाँ रहेको प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिका–३ गोबरडिहास्थित सरस्वती उच्च माविमा स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस