पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना पुष्टि, १३१ जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना पुष्टि, १३१ जना संक्रमणमुक्त


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३५०१ नमुनाको पीसीआर परीक्षण भएकोमा १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो

मन्त्रालयका अनुसार आज (आइतबार) १३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ।

२४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ।
देशभर १ हजार ६ सय ४ सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस