२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकमा लगानीकर्ता भुम्मिदा नेप्सेमा दोहोरो अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६.११ ले घटेर दुई हजार ५२६.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ बिन्दुले घटेर ४६३.४७ मा ओर्लेको छ ।

कूल २०८ कम्पनीको एक करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर रु आठ अर्ब ४१ करोड १७ लाख ३२ हजारमा कारोवार भए । नेप्से ओरालो लाग्दा बजार पूँजीकरणमा समेत प्रभाव परेको छ । साताको अन्तिम दिन आज कूल रु ३४ खर्ब छ अर्ब १७ करोड ४९ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ ।

कारोवार भएकामध्ये कूल तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.७९, विकास बैंक २०.१४ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । यस्तै व्यापार ४०.५९, होटल ४२.८५, जलविद्युत् २५.८५, वित्त १८.४६, निर्जीवन बीमा २०७.२२, उत्पादन १०९.८५, अन्य २२.०८, लघुवित्त १२८.०५ र जीवन बीमा २१४.३९ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज डिप्रोक्स लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५६ करोड ६३ लाख २९ हजार ८१८ बराबरको कारोवार भयो । यस्तै नवील बैंक रु ३८ करोड ४० लाख ५४ हजार ४५४, कुमारी बैंक रु ३२ करोड ३३ लाख १४ हजार १४२, प्रभु बैंक रु ३० करोड ३० लाख ४० हजार ८६४, ग्लोबल आइएमई बैंक रु २७ करोड ८२ लाख २७ हजार ७२१, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८२ लाख २८ हजार ८२८, एनआइसी एशिया बैंक रु २० करोड ६७ लाख ६७ हजार ४१५ र शिखर इन्स्योरेन्स रु १८ करोड ६९ लाख २९ हजार ९८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा चन्द्रागिरि हिल्स ५.०३, लुम्बिनी विकास बैंक चार, ज्योति विकास बैंक ३.९८, अरुण भ्याली हाइड्रोपावर ३.५६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४१ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स १०, डिप्रोक्स लघुवित्त ९.९९, आइएमई जनरल इन्स्योरेन्स ७.६०, गरिमा विकास लघुवित्त ६.५६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ६.१८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस