नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न घरमै पुगे प्रहरी टोली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न घरमै पुगे प्रहरी टोली


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित उनको घर पुगेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले झाँक्रीलाई बोलाएको थियो। आफैं उपस्थित नभएपछि महाशाखाको चार जनाको टोली झाँक्रीलाई लिन उनको घर पुगेको एसएसपी दीपक थापाले जानकारी दिए ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहकी नेत्री झाँक्रीलाई पक्राउ गर्न भन्दै अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको थियो। सो क्रममा गृहमन्त्री थापाले पक्राउ गरी कारबाहीको प्रक्रिया बढाउने आश्वासन दिएका थिए।

पक्राउपछि मुद्दा चलाउने वा नचलाउने भन्ने कुनै टुंगो नभएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस