काटमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भएको आमसभा नेकपा ओली समुहको एउटा कास्टिङ मात्र भएको बताएका छन् ।
शुक्रबार दरबारमार्गमा आयोजित आमसभालाई सम्बोदन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समुहलाई लक्षित गर्दै दुइचार हजार मान्छे जम्मा गरेर धम्याउन, तर्साउन खोजेको भन्दै आजको सभामा उपस्थित जनमास एउटा उदहरण मात्र रहेको बताएका हुन् ।
उनले यस्तै अर्को कार्यक्रम (आमसभा) काठमाडौँ बाहिर पनि हुने बताएका हुन्। लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने बताएका घोषणा गरेका छन् । फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने प्रधानमन्त्री ओलीले बताए।
उनले भने ‘अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौँ,’ उनले भने, ‘१ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ। म हाम्रा आलोचक मित्रहरूलाई मन थामेर बस्न आग्रह गर्दछु।’
प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको पनि दाबी गरेका थिए। उनले देश बनाउन अब कसैले रोक्न नसक्ने पनि बताएका छन्।
हिंसा भड्काउन खोज्ने र उत्ताउला प्रयासलाई रोक्न शान्ति सुरक्षाका काममा खटेको भन्दै प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीलाई धन्यबादसमेत दिएका छन्।