काठमाडौँ । काठमाडौँमा बृहत जनसभा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले विभिन्न ठाउँबाट र्याली सुरु गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि र्याली निकालेको हो । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत हुनेछन् ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहत्सभा गर्न थालिएको हो । जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, हामी जनता जाग्दैछौँ निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ जस्ता नारा लगाइएको छ ।