काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्दैछ ।
शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौँ उतार्न लागिएको आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् ।
सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा युवा संगठनले बिहीबार साँझ काठमाडौँमा मार्चपास गरेको थियो ।