बालिकाको मृत्युपछि सामुदायिक अस्पतालमा तालाबन्दी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालिकाको मृत्युपछि सामुदायिक अस्पतालमा तालाबन्दी


२२ माघ २०७७, बिहिबार


स्याङ्जा । भीरकोट नगरपालिका–१ स्थित कालिका सामुदायिक अस्पतालमा स्थानीयले तालाबन्दी गरेका छन् । भीरकोट–७ तिलारका यामप्रसाद खाम्चाकी पाँचमहिने छोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयले बिहीबार बिहानदेखि ताला लगाइदिएका हुन् ।

स्थानीयले चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको बताउँदै विरोध गरेका छन् । बालिकालाई अस्पताल पुर्‍याएको धेरै बेरसम्म पनि चिकित्सकले उपचार नगरिदिँदा बालिकाको मृत्यु भएको स्थानीय मीनप्रसाद कोइरालाले बताए ।

यामबहादुरकी छोरी लोककुमारीको उपचारमा आलटाल गरिएकैले मृत्यु भएको स्थानीयको भनाइ छ । जिल्ला प्रहरीप्रमुख एसपी होविन्द्र बोगटीले स्थानीय र अस्पताल पक्षसँग वार्ता गर्न लागिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस