२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्छु : नवनियुक्त प्रमुख आयुक्त राई

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले मुलुक र जनताप्रति इमान्दारिता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताएका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा शपथ ग्रहण गरे लगत्तै टंगालस्थित अख्तियारको कार्यालय पुगेर कार्यभार सम्हालेका प्रमुख आयुक्त राईले पदभार ग्रहणका क्रममा सो कुरा बताएका हुन् ।

उनले विगतमा आयोग तथा सार्वजनिक प्रशासन अन्तर्गत विभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । ‘विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत विभिन्न निकायहरूमा कार्य गर्दाको अनुभव छ’ राईले भने ‘नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्छु’

प्रमुख आयुक्त राईले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने बताएका छन् आयोगलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै राईले भने ‘यस अभियानमा सबै सरोकारवालाहरूको साथ सहयोग रहने विश्वास लिएको छु ।’

आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकाङ्क्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको पनि उनले बताए ।

नवनियुक्त आयुक्त जय बहादुर चन्दले राज्यको लक्ष्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा टीम स्प्रिटकासाथ काम गर्नुपर्ने कुरामा जोड दिए ।

राज्यले संवैधानिक आयोगको पनि जिम्मेवार पदमा विश्वास गरी नियुक्त गर्दा आफू कृतज्ञ भएको बताउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने पवित्र कार्यको सहयात्री हुन पाउँदा गौरवान्वित महसुस गरेको बताए ।

यसैगरी अर्का नवनियुक्त आयुक्त किशोर कुमार शिलवालले आयुक्तको रूपमा आफ्नो भूमिका समन्वयकारी रहने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई परम्परागत अपराध भन्दा फरक तरिकाले हेर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताउँदै उनले प्राप्त संवैधानिक भूमिकामा प्रतिबद्ध रहेको कुरा समेत बताए ।

नवनियुक्त आयुक्तज्यू सिलवालले आफूले विगतमा न्याय सम्पादन क्षेत्रमा प्राप्त गरेको अनुभवलाई आयोगको काम कारबाहीमा सदुपयोग गर्दै आफूलाई तोकिएको महत्त्वपूर्ण जिम्मेवारी दृढताका साथ पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

सो क्रममा आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले आयोग पूर्ण समावेशी भएको र आगामी दिनमा आयोग आफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छिन् । नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरूलाई आयोगमा स्वागत गर्दै गुरुङले नेतृत्वलाई आगामी दिनमा सफलता मिलोस् र आयोग अझै सशक्त बनोस् भनी शुभकामना दिइन् ।

कार्यक्रममा आयोगका सचिव सुरेश अधिकारीले भ्रष्टाचार नियन्त्रण र सदाचारयुक्त समाज निर्माण साथै विकास व्यवस्थापन, भूमि व्यवस्थापन, प्राकृतिक श्रोत साधन व्यवस्थापन लगायतका क्षेत्रहरूमा थप कार्य अगाडी बढाउन आयोगको पूर्णताले आगामी दिनमा कार्यसम्पादन उच्च बनाउन सहयोग पुग्ने बताए ।

आयोगको संक्षिप्त परिचयसहित आयोगको कार्यक्षेत्र, संरचना, जनशक्ति, वर्तमान चुनौती र भविष्यको जिम्मेवारीको बारेमा प्रकाश पार्दै सचिव अधिकारीले आयोगको सुशासन स्थापना गर्ने उद्देश्यमा सरकारको पूर्ण साथ र समर्थन रहेको, सम्बन्धित मन्त्रालय र निकायहरूबाट पनि सहयोग रहेको र उत्साहित एवं उच्च मनोबलयुक्त जनशक्ति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस