काठमाडौँ । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति तथा सपथ ग्रहणको नेपाली कांग्रेसले विमति गरेको जनाएको छ।
कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको जनाएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीट गर्दै संवैधानिक निकायको नियुक्तिमा विमति जनाउनुका साथै कांग्रेस दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा रहेको बताएका छन् ।
उनको ट्वीट : विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ !
क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश
२)त्यसपछिको बैठक ३)आजको सपथग्रहण lदम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी l pic.twitter.com/BUgxZiX6l6
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 3, 2021
बुधबार अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शितल निवासमा सपथ ग्रहण गराइएको थियो। संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको थियो।