२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्रबार ४६ हजारभन्दा बढीले लगाए कोरोना खोप

अ+ अ-

काठमाडौँ । कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ ।

आज (शुक्रबार) प्रदेश नं १ मा ७ हजार ३६९, प्रदेश नं २ मा ४ हजार ६५०, वाग्मती प्रदेशमा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बीनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएका हुन् ।

मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले खोप पश्चात् अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ चिकित्सकहरु परिचालन गरिएका छन् । त्यसैगरी हरेक अस्पतालहरुमा सम्भाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको व्यवस्थापन गरिएको डा. गौतमले जनाएका छन् ।

हालको मितिसम्म खोप प्राप्त गरेको केही व्यक्तिहरुमा हालसम्म सामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या नभएको मन्त्रालयले बताएको छ ।