प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली


११ माघ २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।

आइतबार काठमाडौँमा अपांगता भएका व्यक्तिहरुको समस्या र सवाल विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको दाबी छ । उनले भनेका छन्, ‘देश अस्तव्यस्त भयो भने देशमा स्थायित्व हुन नदिने ?’, ‘बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउनुपर्छ रे । संसद् भनेको जालझेल हो ?, पाँचैवर्ष जागिर खाने हो ?, अरुको इशारामा काम गर्ने भएपछि यस्तै हुन्छ ।’

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेका मान्छेहरु संविधान, लोकतन्त्र र देश विरोधी रहेको उनले बताए ।

देशमा स्थिरता ल्याउन खोज्दा आफूलाई तानाशाहीको आरोप लागेको भन्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते हुने चुनावमा त्यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस