२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

एनआरएनएको विशेष साधारणसभाको आज भर्चुअल उद्घान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । मन्त्री ज्ञवालीले संघले संकटका बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको जनाए । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्दै भने, संकटको यस अहं परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।

नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरिएको जानकारी दिए ।

महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विपन्न देश नेपालमा ठूलो लगानीको आवश्यकता रहेको र विदेशमा हरेक नेपालीले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनुपर्ने बताए।

एनआरएनका प्रमुख संरक्षक तथा पूर्वाध्यक्ष शेष घलेले संस्थालाई साझा सङ्गठनका रुपमा अघि बढाएर सानो संयुक्त राष्ट्र संघका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । अर्का पूर्वाध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउण्डेशनन, भिजन २०२० लगायत विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।

संघका संरक्षक तथा पूर्वाध्यक्ष जीवा लामिछानेले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामना गर्नाको विल्कप नभएको बताउँदै गैरआवासीय नेपालीले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाइराख्न सबैलाई आग्रह गरे ।

एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियानअनुसार सबैलाई संस्थाको विकासका लागि एकता आह्वान मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीका लागि जोड दिए।

कार्यक्रममा एनआरएनएका संस्थापक रामप्रताप थापाले संस्थाभित्र मेरो र तेरो नभई सामूहिक रुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नुपर्नेमा जोड दिए ।महाधिवेशनमा एनआरएनएका सल्लाहकार कुल आचार्य, टिबी कार्की, उपाध्यक्ष डा बद्री केसी, सोनाम लामालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस