मानवअधिकारकर्मीको नाम बेची १५ लाख ठगी गर्ने थापा पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मानवअधिकारकर्मीको नाम बेची १५ लाख ठगी गर्ने थापा पक्राउ


१० माघ २०७७, शनिबार


पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताएर ठगी कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौँ महानगरपालिका-७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापालाई मंगलबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका पठाइदिने भन्दै थापाले एक व्यक्तिसँग १५ लाख लिई ठगी गरेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि थापालाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस