२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि शहीद सप्ताह

अ+ अ-

काठमाडौँ । आजेदेखि शहीदहरुको सम्मानमा शहीद सप्ताह मनाइँदै छ । प्रजातन्त्र पुःस्थापनाका लागि जीवन बलिदानी दिएका शहीदहरुको सम्मानमा आजदेखि शहीद सप्ताह मनाइन लागिएको हो ।

देश र जनताको निम्ति जीवन आहुति दिने शहीदहरुको सम्मानमा माघ १० गतेदेखि १६ गतेसम्म हरेक वर्ष शहीद सप्ताह मनाइने गरिन्छ । सप्ताहको पहिलो दिन आज महान शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जली सभा गरिँदै छ ।

यसैगरी माघ १३ गते बिहान ८ बजे सिफलमा रहेको धर्मझक्त माथेमालाई फाँसी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा गरिने छ ।

शहीद सप्ताहको अन्तिमदिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड मार्चपास र शहीदहरुको तस्विरसहितको बग्गीको प्रभातफेरि शहीद उद्यान लैनचौर पुगेर श्रद्धान्जली सभामा परिणत हुने छ । उक्त श्रद्धान्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारी, अधिकारीहरु, जनप्रतिनिधिलगायत सहभागी हुने छन् ।

तत्कालीन राणाशासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकु, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएको थियो ।

त्यसपछि ती वीर सशहीदहरुको सम्मान र सम्झनामा शहिद सप्ताह कार्यक्रम २०१२ सालदेखि निरन्तर मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस