२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्छ : केसी

अ+ अ-

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमकाबिरुद्व संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन्।

जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाट विघटित संसद पुनः जीवित गर्न सकिने उनले बताए। संसद विघटनको विपक्षमा रहेका सबै राजनीतिक र नागरिक समाज संयुक्त आन्दोलनमा उत्रनु पर्नेमा जोड दिदै उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी र प्रतिगमनकारी भएको उल्लेख गरे।

संविधान र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक शक्तिहरु एक ठाउँमा उभिनु पर्ने बताउँदै केसीले विगतमा राजा र पञ्चायत विरुद्धका आन्दोलनहरुमा नेपाली कांग्रेस, कम्यूनिष्ट पार्टीहरु र मधेशवादी दल एक भएर संघर्षमा गएजस्तै संसद विघटन गर्नु गलत हो भन्ने शक्तिहरु पनि एक भएर कार्यगत एकता गरी अगाडि बढ्नुपर्ने बेला आएको बताए।

राष्ट्रिय जनमोर्चाले बिहिबार बुटवलमा आयोजना गरेको प्रतिनिधिसभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’–विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष केसीले संसद विघटन गरी चालेको असंवैधानिक, प्रतिगामी कदम उल्टाउन नसकिए देशमा संकट आउन बताए।

उनले भने,’सरकारले घोषणा गरेको वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन, निर्वाचन भई हालेपनि स्थिर सरकार बन्ने अवस्था छैन, नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्तिकेन्द्रहरु आफ्नो अनुकुलमा खेल्न थालेका छन्, प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धिहरु गुम्ने अवस्थामा पुगेको छ।’

मुलुकमा प्राप्त भएको गणतन्त्रका विरुद्ध राजावादी, विदेशी हिन्दु अभिवादी तथा वामपन्थी संकीर्णवादी गरी तिन तर्फबाट आक्रमण भइरहेको दाबी गर्दै समयमै सचेत हुन नसके राजावादी र विदेशी शक्ति केन्द्रहरुले फाइदा लिन सक्ने अध्यक्ष केसीको तर्क छ।

प्रतिक्रिया दिनुहोस