२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीका नेताको फोटो सरकारी कार्यालयको भित्तामा ! प्रधानमन्त्रीको कता ?

अ+ अ-

काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा राखिएको फोटोको बारेमा अहिले व्यापक चियोचर्चो छ ।

पछिल्लो समयमा नेकपाभित्रको विवादले संसद् विघटनको घटना मात्रै निम्त्याएनन् जनप्रतिनिधिका कार्यकक्षसम्म पनि विभिन्न राजनीतिक विकृति देखिन थालेका छन् । कोही जनप्रतिनिधिले नै यस्ता हरकत देखाइरहेका छन् भने कतिपय जनप्रतिनिधिलाई खुइल्याउनका लागि विभिन्न सुनियोजित घटना पनि घटाइएका छन् ।

सरकार नै अहिले कामचलाउको अवस्थामा रहेकाले राजनीतिक दुरुपयोगको अवस्था यी दिनहरूमा सरकारका सबै तह र सरकारी कार्यालयहरूमा छताछुल्ल देखिन थालेका छन् ।

राजनीति बदलिए पनि पत्रकारिता त स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा त्यसो नभई पछिल्लो समयमा समाचारहरूमा पनि राजनीतिक पूर्वाग्रह देखिन थालिएको छ ।

हालै मात्रै सुनकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षबाट प्रधानमन्त्री ओलीको फोटो हटाइयो भनेर केही अनलाइनमा समाचार आएको थियो ।

यही विषयमा प्रशासन डटकमले बुझ्दा सुनकोसी गाउँ पालिकाको अध्यक्ष र उपाध्यक्षको कार्य कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाइएको भनिएको समाचारमा कुनै सत्यता नभएको गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले बताइन् ।

उनले भनिन्, ‘कार्यालयका कुनै कर्मचारीलाई नसोधी पुष्टि नगरी बनाइएका यस्ता समाचारले जनमानसमा भ्रम फैलाउने काम गरेका छन्, पुष्टि नगरी समाचार लेखिएको समाचारप्रति मेरो आपत्ति छ ।’

प्रधानमन्त्री ओलीको फोटो हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको भनी विभिन्न अनलाइनमा आएका समाचारप्रति गाउँपालिका अध्यक्ष दाहालले कडा शब्दमा भर्त्सना गरेकी छिन् ।

तपाईँले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री ओलीज्यूको फोटो हटाउनु भएको हो भनिएको छ नि ? भन्ने प्रशासनको प्रश्नमा गाउँपालिकाका उपाध्यक्ष दिर्व सिंह मोक्तान भन्छन्, ‘प्रधानमन्त्री ओलीज्यूको फोटो हटाइएको हैन झरेको हो, सरसफाइ गर्ने बेलामा झरेर सिसा फुटेपछि बनाउनका लागि फोटो सदरमुकाम सिन्धुलीमाडी पठाइएको छ ।’

उनले भने, ‘कार्यालयमा झुन्ड्याइएको फोटोहरू धुलाम्मे भएका थिए, सरसफाइ गर्ने क्रममा झरेर फुटेको हो । सदरमुकामबाट बनाएर ल्याएपछि फोटोको साइज त्यहाँ मिल्ने गरी नभएपछि फेरी बनाउनका लागि सदरमुकाम माडी पठाइएकाले अहिलेसम्म कार्यालयमा प्रधानमन्त्रीज्यूको फोटो रहेको ठाउँ खाली देखिएको हो ।’

सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन अनुसार सुनकोसी गाउँ पालिकाको कार्यालयमा यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको फोटो राखिएको थियो साथमा नेकपा अध्यक्ष प्रचण्डको समेत फोटो राखिएको थियो ।

सरकारी कार्यालयको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटो हुनुपर्नेमा नेकपा अध्यक्ष प्रचण्डज्यूको पनि फोटो राखिएको छ नि ? भन्ने प्रशासनको प्रश्नमा गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाल र उपाध्यक्ष दिर्वसिंह मोक्तानले पूर्व माओवादीको तर्फबाट राजनीति गरेर चुनाव जितेकाले प्रचण्डको फोटो राखिएको बताएका छन् ।

सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्नु त सुनिएकै हो देखिएकै हो । तर सरकारी कार्यालयमा राजनीतिक दलका नेताको फोटो सबैले देख्ने गरी झुन्ड्याइनुले के सन्देश देला जनमानसमा यसतर्फ पनि जिम्मेवार जनप्रतिनिधिले एकपल्ट सोच्न पर्ला की !

प्रतिक्रिया दिनुहोस