२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा कमजोरी तथ्याङ्कमा छ : सचिव मिश्र

अ+ अ-

कर्णाली । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँद्वारा आयोजित तीन दिने ‘किसान सूचीकरण प्रणालीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ को मङ्गलबार समापन कार्यक्रममा सचिव डा मिश्रले कुनै पनि क्षेत्रको विकास तथा योजनाको महत्वपूर्ण आधार भनेकै तथ्याङ्क भएको बताए ।

‘कृषिमा कही कमजोरी छ भने तथ्याङ्कमा छ । सही तथ्याङ्कका आधारमा काम गर्ने प्रक्रियामा हामी चिप्लिराखेका छौँ । हाम्रो किसानको वास्तविक तथ्याङ्क नभई हामीले कृषिमा सही काम गर्न सक्दैनौँ । एक पटक मात्र तथ्याङ्क प्रवेश गर्न सक्यौँ भने हामीले दीर्घकालीन विकासको खाका कोर्न सक्छौँ’, उनले भने, ‘कर्णाली प्रदेशमा हाल दुई लाख ९८ हजार घरधुरी छन् । हामीले दुई लाख ५० हजार जति तथ्याङ्क सङ्कलन गरे तथ्यको नजिक जान सकिएला । देशका सबै ठाउँमा तालिम सम्पन्न भएपछि फागुनमा किसान सूचीकरणको दर्ता कार्य शुरु हुन्छ ।’ तथ्याङ्क सङ्कलनपश्चात् मात्र दोस्रो चरणमा किसानहरुको वर्गीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सञ्जेलले किसान सूचीकरण व्यवस्थापन प्रणाली (सफ्टवेयर दर्ता) सरकारको महाअभियान भएको बताए । उनले प्रदेशस्तरीय अभिमुखीकरणमा सहभागीहरुलाई तीन दिनसम्म प्रशिक्षणबाट प्राप्त सबै ज्ञान तथा सीप जिल्ला एवं स्थानीय तहका प्रशिक्षक तथा सहजकर्तालाई राम्रोसँग हस्तान्तरण गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी कर्णालीका १० वटै जिल्लाका कृषि तथा पशुसेवा कार्यालयमा कार्यरत प्रमुखहरुले कृषि मानव जनजीविकाको मूल आधार भएको बताउँदै यो क्षेत्र र किसान कसरी अघि बढ्न सक्छन् भन्नेतर्फ तथ्य एवं नीतिगत ढङ्गबाट राज्य अगाडि बढ्नुपर्ने सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस