सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु


६ माघ २०७७, मंगलबार


काठमाडौँ । भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक ग्ड्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुड्दा १५ मजदुरको मृतयु भएको हो ।

घटनामा सात जना घाइते भएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र फुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस