३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र वाग्मती प्रदेश विजयी

अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशले जित निकालेका छन् ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको हो । जारी प्रतियोगितामा आर्मीको लगातार दोस्रो जित हो ।

यस्तै आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै वाग्मतीले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ ।

आर्मीले लगातार जित निकाल्दा कर्णाली प्रदेशले पराजयबाट प्रतियोगिताको सुरुवात गरेको छ । आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र १ सय १५ रन जोड्न सक्यो । ३३।३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट सुरुवात गर्न पुगेको हो । जवाफी ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रनको पारी खेल्दा ओपनर हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रनको दोहोरो स्कोर गरे । यस बाहेकका ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन् ।

कर्णालीको इनिङ्सलाई रोक्न आर्मीका सुशन भारीले सर्वाधिक ४ विकेट निकाल्दा शहब अलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट आफ्नो नाममा लेखाए । ६ ओभर बलिङ गरेको जितेन्द्र मुखियाले दुई मेडन राख्दै १६ रन खर्चिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३।१ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो । आर्मीका लागि ओपनर अनिलकुमार मण्डलले ८९ रनको पारी खेले । १ सय १४ बल सामना गरेका अनिलले १४ चौका प्रहार गरेका थिए । यस्तै कप्तान विनोद भण्डारीले ४१ रनको पारी खेल्दा राजेश पुलामीले १६, लोकेश बमले १३ तथा रोहित पौडेलले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यान १० रनभन्दा कम रनमा पवेलियन फर्किएका थिए ।

बलिङतर्फ कर्णाली प्रदशेका लागि दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २र२ विकेट हात पार्दा रविन्द्र शाही, युनिस सिंह र अनुज चुनाराले एकरएक विकेट आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा सोमबार कीर्तिपुरको मैदानमा सुदुर पश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश १ बीच मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस