१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राना थारू समुदायको भाषा संरक्षण र संवर्द्धनका लागि व्याकरण निर्माण गरिँदै

अ+ अ-

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास गर्ने राना थारू समुदायको भाषा संरक्षण र संवर्दधन गर्नका लागि व्याकरण निर्माणको कार्य अगाडि बढाइएको छ । भाषा आयोग शङ्खमुल काठमाडौँ र नेपाल राना थारू समाजको संयुक्त प्रयासमा राना थारू समुदायको मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरणको कार्य हुन लागेको हो ।

प्रारम्भिक चरणमा व्याकरण निर्माण र शब्दकोष निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका भाषा विज्ञान विभागका सहायक डिन प्रा. डा. दुबीनन्द ढकाल, भाषा अनुसन्धानकर्ता राजकुमार राना र भाषाविज्ञ कमलसिंह रानालाई जिम्मेवारी दिइएको छ । पाँच महिनाभित्रै राना थारू भाषाको व्याकरण तयार गरिनेछ । पूर्ण व्याकरण तयार गर्नका लागि पाँच वर्षको समय लाग्ने भए पनि छोटो अवधिमै कम अध्ययन भएको राना थारू भाषामा व्याकरण तयार गर्ने कार्य हुन लागेको त्रिविका भाषा विज्ञान विषयका सहायक डिन ढकालले बताए।

हालसम्म राना थारू भाषाको शब्दकोषका लागि दुई हजार ४०० शब्द सङ्कलन गरिएको छ । ‘राना थारू भाषामा पहिलोपटक व्याकरण तयार गर्दैछौँ, उनले भने, ‘समुदाय लाभान्वित हुने गरी व्याकरण लेखन कार्य हुनेछ ।’ सांस्कृतिक सम्पदा संरक्षणमा समुदायको पहुँच पुग्ने गरी व्याकरण लेखनको कार्य हुने उनले बताए।

‘राना थारू भाषा भारोपेली परिवारको भाषा भएकाले भाषाको पूर्ण तस्वीर आउने गरी स्वर, वर्ण वाक्य तहलगायत उल्लेख गरी सबैले प्रयोग गर्न सक्ने सजिलो व्याकरण तयार गरिने छ’, उनले भने, ‘भाषालाई लिपिबद्ध गरी व्याकरण तयार हुन्छ ।’ भाषा आयोगका उपसचिव गेहनाथ गौतमले भाषासम्बन्धी संवैधानिक व्यवस्थाअनुरुप कञ्चनपुर र कैलालीमा रहेका राना थारू समुदायको भाषा अध्ययन भइरहेकाले चालु आर्थिक वर्षभित्रै भाषाबारे पहिलो चरणको व्याकरण निर्माण गरिने बताए ।

उनका अनुसार भाषा आयोगले नेपाल सरकारका सार्वजनिक निकायका रूपमा रहेका विश्वविद्यालय, क्याम्पस, गाउँपालिका, नगरपालिकासँग द्विपक्षीय सम्झौता गरी सम्बन्धित भाषिक समुदायको मागका आधारमा भाषामा पाठ सङ्कलन, शब्द सङ्कलन, वर्ण निर्धारण, शब्दकोष निर्माण, भाषिक इतिहास लेखन, व्याकरण निर्माणजस्ता कार्य गर्दै आएको छ । हालसम्म लोपोन्मुख अवस्थामा रहेका ३१ भाषाको अभिलेखीकरणको काम गरेको छ ।

नेपालको संविधानको धारा ३२ को मौलिक हक र कर्तव्यमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हकका साथै भाषा संरक्षण र संवद्र्धन गर्ने व्यवस्था रहेको छ । त्यसैअनुरुप राना थारू समुदायको भाषा संरक्षणका लागि शब्दकोष निर्माणका लागि शब्द सङ्कलन र व्याकरण निर्माणको कामलाई अगाडि बढाइएको नेपाल राना थारू समाजका अध्यक्ष कृपाराम रानाले बताए । राना थारू समुदायको पहिचानसहित अलग्गै सूचीकृत गर्ने कार्य भएको उल्लेख गर्दै उनले राना थारू भाषा सूचीकृत भइसकेकाले मातृभाषालाई लिपिबद्ध गर्नका लागि व्याकरण र शब्दकोष निर्माणका लागि काम अगाडि बढाइएको बताए ।

‘राना थारू भाषाको अभिलेखीकरण गर्ने कार्य व्याकरणबिना पूर्ण हुँदैन’, उनले भने, ‘त्यसका लागि नेपाल राना थारू समाज र भाषा आयोगको टोलीले काम अगाडि बढाएको छ ।’ संस्कृतिको एक पाटोका रूपमा भाषा भएकाले भाषा लोप भए संस्कृति आफैँ लोप हुने भएकाले यसलाई जोगाउनका लागि काम अगाडि बढाइएको उनले बताए ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले राना थारू भाषाको स्थानीय पाठ्यक्रम तयार गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए । ‘गत वर्ष कारोनाको महामारीका कारण पाठ्यक्रम निर्माण गर्ने काम अगाडि बढ्न सकेन’, उनले भने, ‘यस वर्ष राना थारू भाषाविज्ञहरुको सल्लाह र सुझावका आधारमा पाठ्यक्रम तयार हुन्छ ।’

राना थारू भाषाको व्याकरण लेखन र शब्दकोष निर्माणका लागि आवश्यक सहयोग गर्ने उनले बताए । विसं २०६८ को जनगणनाअनुसार नेपालमा १२३ भाषा सूचीकृत गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस