२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

अ+ अ-

कर्णाली । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा घोषणा गरे। दुई पार्टी एकतापछि पदाधिकारीमा तत्कालीन राजपाका पाँच र समाजवादीका १० सहित १५१ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको छ । राजपाले प्रदेश अध्यक्षसहित ४० र समाजवादीले मुख्यसचिवसहित १११ सदस्य पाएका छन् ।

प्रदेश अध्यक्षमा देवीकृष्ण न्यौपाने, उपाध्यक्षमा दिलकुमारी खड्का, प्रेम बोहरा, लाले कुमाल, भरत खत्री, पवित्रराज शर्मा, ऐवीर मिजार, लीला सिजापति, मुख्यसचिवमा चन्द्रा विक, सचिवमा राजेश पुन, छविलाल गौतम, सन्तोषी विक, राजेन्द्र शाही र कोषाध्यक्षमा नगेन्द्रबहादुर शाही चयन भएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सचिव शाहले आफूहरु वैकल्पिक शक्तिका रूपमा स्थापित हुन पार्टी एकता गरेको बताउँदै संविधानले नेपाली समाजको पहिचानलाई सम्बोधन नगरेकाले त्यसको संशोधन हुन जरुरी रहेको विचार व्यक्त गरे । साथै उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीमा जाँदा अहिलेको अस्थिरता हट्ने बताए ।

प्रतिक्रिया दिनुहोस