२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङ्गामा मच्चेको मालपोतका हाकिमको ‘होटेल काण्ड’को भित्री रहस्य यस्तो छ !

अ+ अ-

काठमाडौँ । नयाँ वर्ष सुरु हुनु अघिको साँझ अर्थात् न्यु यिएर इभ संसारभर मनाइन्छ । नेपालमा पनि अचेल सहर बजारमा भव्य रूपमा मनाइन्छ । त्यस साँझ अबेर सम्म पनि रमाइलो गर्ने, नाच्ने गाउने खानपिन गर्ने सामान्य कुरा हो ।

यही डिसेम्बर ३१ अर्थात् सन् २०२१ को न्यु यिएर इभमा नेपालगन्जस्थित एक होटेलमा यस्तै रमाइलो माहौल बनिरहेको थियो । त्यहाँ रमाइलोमा रमाइलो मिलाउन बाँकेका प्रमुख मालपोत अधिकृत प्रेम कुमार दौल्याल पनि गएका थिए । तर यो साँझ उनका लागि त अभिसाप बन्यो नै रमाइलो गरिरहेका अन्य मानिसहरूलाई समेत बिथोल्यो ।

लामो समयदेखि ‘लिभिङ टुगेदर’मा रहेको भनिएकी युवती र काठमाडौँबाट भेट्न गएका दुई बच्चासहित श्रीमतीलाई सँगै लिएर जब उनी होटेल पसे तब उनको दशा सुरु भयो । जागिरे जीवनमा मालपोतबाहेक अन्यन्त्र जानै नपर्ने उनलाई पैसाको यति मात चढ्यो कि कहिले काहीँ भेट्न आउने श्रीमती र छोराछोरीको पनि ख्याल नगरी गर्लफ्रेन्डसँगै होटेलमा लैजान पुगे ।

जति जति साँझ छिपिँदै गयो, त्यति त्यति म्युजिकको आवाज घन्किँदै थियो । खानपानसहितको रमाइलो नाचगानमा प्रवेश गर्‍यो । यस क्रममा दौल्यालको गर्लफ्रैन्ड भनिएकी युवतीसँगै र उनीसँगका तीन–चार जना केटाहरू नाच्न थाले ।

परिवारसँगै बसेको भए पनि दौल्यालको नजर भने गर्लफ्रैन्डतर्फ थियो । उनले आफ्नो गर्लफ्रेन्डसँग अन्य केटाहरू नाचेको मन परेन । अनि उठेर विवाद गर्न थालिहाले । त्यसपछि के चाहियो र केटाहरूले दौल्याललाई बेस्सरी भकुरे ।

कुटाकुटपछि होहल्ला भएपछि न्यु यिएरइभ होटेलको रमाइलो माहौल एकाएक बिथोलियो । होटेल सञ्चालक आत्तिएर प्रहरीलाई खबर गरे र प्रहरी आएर दौल्याललाई पक्रेर लिए । तर पछि उनी विरुद्ध कुनै उजुरी नपरेपछि उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम राना मगरले प्रशासनसँग बताए ।

दौल्यालले भने हातपात गर्ने केटाहरूमा मिसअन्डरस्ट्याण्डिङ भएको दाबी गरेका छन् ।

प्रशासन डटकमले मालपोत अधिकृत दौल्याललाई तपाईँ केटी यिएर होटेल पसेको भन्ने कुरा छ नि ? भन्ने प्रश्नमा उनी ठाडै अस्वीकार गर्दै भन्छन्, ‘म त्यस रात न्यु यिएर इभ मनाउन परिवारसहित होटेलमा गएको थिएँ । मेरा दुइटा बच्चा पनि साथमा थिए, मेरो म्याडम पनि साथमा थिइन्, मलाई सुनियोजित रूपमा फसाउन खोजिएकोजस्तो लाग्छ ।’

त्यसो हो भने तपाईँलाई ती केटाहरूले किन जाइलागे का रहेछन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘उनीहरू आफ्नै प्रोग्राममा थिए हामी पनि त्यहीँ थियौँ, उनीहरूलाई हामी चिन्दैनौँ, मिसअन्र्डस्ट्यान्डिङका कारणले ममाथि हातपात गर्न पुगेका हुन् । ’

दौल्यालले यसो बताइरहँदा गोप्य स्रोतले भने ४/५ जना केटीका चिनजानेकै साथीहरू सँगसँगै नाच्न र रमाउन थालेपछि दौल्याललाई रिस उठेर भनाभन हुँदा हात हालाहालको स्थिति सिर्जना भएको दाबी गरेका छन् ।

ती स्रोतले भने ‘दौल्याललाई आफ्नो गर्लफ्रैन्ड उसका चिने जानेका ती साथीहरूसँग नाचेको रमाएको सही नसक्नु भएपछि उनीहरूसँग रिस पोख्न खोज्दा होटेलमा हातपात भई लफडा भएको हो ।’

यतिसम्म की दौल्याल ती केटीसँग लिभिंग टुगेदरमा बस्ने गरेको र उनी पनि मालपोत कार्यालयकै कर्मचारी भएको दाबी ती स्रोतको छ ।

तर दौल्यालले भने यो सरासर झुटो र आफ्नो चरित्र हत्या गर्नलाई कसैले सुनियोजित ढङ्गबाट घटना घटाइएको हुनसक्ने बताउँछन् । अन्य थप तथ्यहरू प्रहरी अनुसन्धानले नै बताउनेछ ।

दौल्यालविरुद्ध अहिलेसम्म कसैले पनि प्रहरीमा लिखित उजुरी नदिएको कारणले पक्राउ परेका दौल्याललाई छाडिएको बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम राना मगरले जानकारी दिए ।

जनताको सेवामा खटिने कर्मचारी राष्ट्रसेवक हुन् । कर्मचारीले देखाउने आचरण र व्यवहार जनमैत्री हुनुपर्छ । यसो गर्दा सरकारी कार्यालयहरूको गरिमा रहन्छ । कार्यालयका हाकिम र कर्मचारीहरूले कार्यालय भित्र मात्रै हैन बाहिर पनि सर्वसाधारणको मन जित्ने काम गर्नुपर्दछ ।

जनताको मन जित्ने कर्मचारीलाई जनताले साथ दिएका हुन्छन् भने जनताका लागि कुनै खास राम्रो काम नगर्ने कर्मचारीलाई जनताले साथ दिँदैनन् । कर्मचारीले कहिल्यै आफ्नो पद मर्यादा र कर्तव्य बिर्सन हुँदैन ।

प्रतिक्रिया दिनुहोस