कन्टेन्ट चोरीको आरोपमा ‘कमेडी च्याम्पियन’ सिजन २ बाट एक प्रतिस्पर्धी निष्काशित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कन्टेन्ट चोरीको आरोपमा ‘कमेडी च्याम्पियन’ सिजन २ बाट एक प्रतिस्पर्धी निष्काशित


२७ पुस २०७७, सोमबार


काठमाडौँ । नेपालको पहिलो स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ ले कन्टेन्ट चोरीको आरोपमा एक प्रतिस्पर्धीलाई निकालेको छ । सिरहाका तपेश्वर सिंहले कन्टेन्ट चेरी गरेको प्रमाणीत भएपछि उनलाई निकालिएको हो ।

गोल्डेन की प्राप्त गर्दै सिधै टप २४ मा प्रवेश गरेका सिंहको ठाउँमा अक्जल पूजारीलाई टप २४ मा प्रवेश दिइएको छ । सिंहले एक भारतीयको कन्टेन्ट हुबहु कपी गरेको पाइएको छ ।

कमेडी च्याम्पियनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ,‘कमेडी च्याम्पियन सिजन २ मा हालै भएको कन्टेन्ट मेल खान गएको विषयलाई लिएर कमेडी च्याम्पियन परिवार यो निर्णयमा पुगेको छ,“गोल्डेन की विजेता तपेश्वर सिंहको गोल्डेन की फिर्ता लिइँदै उहाँलाई टप २४ बाट निष्काशन गरिएको छ। उहाँको ठाउँमा अक्जल पूजारीलाई टप २४ मा प्रवेश दिइएको छ।”
अरूबाट सिकौँ तर सिर्जना गर्दा नितांत आफ्नो होस्, त्यसले नै एक कलाकारको कलालाई सुन्दर र भिडबाट अलग बनाउँछ।’

Tags :
प्रतिक्रिया दिनुहोस