१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत जिल्ला प्रहरी कार्यालयमा जोडिएका ८७ मध्ये २७ सीसी क्यामरा विग्रीए

अ+ अ-

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जोडिएका ८७ मध्ये २७ वटा सीसी क्यामरा विग्रीएर थन्किएका छन् ।

शहरलाई अपराधमुक्त र सुरक्षित शहर बनाउने ध्ययले वीरेन्द्रनगर नगरपालिकाले गत मंसिरमा जोडेका ८७ वटा सीसी क्यामरा मध्य ६० वटा सीसी क्यामरा मात्र चालु छन् ।

गत आ.व. २०७६/७७ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ८० लाख र वीरेन्द्रनगर नगरपालिकाको २० लाख बजेटको सहकार्यमा ‘हिकभिजन’ कम्पनिबाट ८७ वटा सीसी क्यामरा खरिद गरेको वीरेन्द्रनगरले जनाएको छ ।

१ करोड १२ लाख ७ हजार ४ सय खर्चेर ८७ वटा सीसी क्यामरा मध्य वीरेन्द्रनगरको पहलमा ल्याएका ६० वटाले मात्र काम गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरको मुख्य राजमार्गमा १७ र चोकमा ७० वटा सीसी क्यामरा जोडिएका छन् । सो सीसी क्यामरामा ४० हजार जिवि को स्टोर क्षमता रहेको छ । जसमध्य २७ वटा सीसी क्यामरा बिग्रिएको अवस्थामा रहेको छ ।

क्यामराकै सहायता बाट सुर्खेतको प्रहरीले अपराध अनुसन्धान र अपराध नियन्त्रणमा ठुलो सफलता हात पारेको छ । गत मंसिर देखि पुस २६ सम्म आइपुग्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सीसी फुटेजकै सहायताले ७ भन्दा बढि घटना र १५ जना भन्दा बढि अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगरका मुख्य चोक र सडकमा भएका घटना एउटै कोढा बाट हेर्न सक्ने क्षमता भएका २७ सीसी क्यामरा विग्रीएका छन् । यसमा सम्बन्धित निकाएले मर्मत सम्भारमा चासो नदेखाउँदा अपराध न्युनिकरणमा प्रहरीलाई बाधा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी राम प्रसाद घर्ति मगरले बताए ।

शहरको मुख्य राजमार्ग तथा चोकहरुमा वि.स. २०७३ सालमा ३१ वटा सीसी क्यामरा जोडिएको थिए। तर मर्मत सम्भारको लागि सुर्खेत उधोग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको सम्झौता नमिल्दा सबै क्यामरा हाल थन्किएका छन् ।

गत मंसिरमा जोडेर बिग्रीएका सीसी क्यामरा मर्मत गर्ने विषयमा वीरेन्द्रनगरपालिकालाई पटक-पटक जानकारी गराएपनि सुनावाइ नै नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रशासन डट कमलाई बताएको छ ।

यता बिग्रिएका सीसी क्यामरा पुनःमर्मतको विषयमा वीरेन्द्र नगरपालकिाका प्रमुख प्रशासकिय अधिकृत टिका राम ढकालसँग भेट गर्दा, सडक विस्तार र अपटिकल फाइबर विछ्याउदाँको मुल समस्याले मर्मत गर्न ढिलाई भएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस