सभालाई सम्बोधन गर्न धनगढी पुगे प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभालाई सम्बोधन गर्न धनगढी पुगे प्रधानमन्त्री ओली


२४ पुस २०७७, शुक्रबार


धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान धनगढी पुगेका छन्। श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी आइपुगेका हुन्। ओली नीकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी पुगेका हुन् ।

धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ । कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ ।

आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालो झन्डा देखाउने कार्यक्रम रहेको बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस