‘नेकपा विभाजन भएको घोषणा हुन मात्र बाँकी छ’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘नेकपा विभाजन भएको घोषणा हुन मात्र बाँकी छ’


२० पुस २०७७, सोमबार


विराटनगर । चुनाव हुँदैन भनेर अविश्वास नगर्न भूमि व्यवस्था गरिबी निवारण तथा सहकारीमन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । उनले नेकपा विभाजन भयो भनेर घोषणा गर्न मात्र बाँकी रहेको बताइन् ।

सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘नेकपा विभाजन भयो भनेर घोषणा नै भएको छैन ।’ उनले कालापानी, लिम्पियाधुरा समेटिएको नक्सालाई निसान छापमा समेटेर संविधानले समेत चिन्ने बनाउँदा समर्थन गर्नेहरुले सरकारको राम्रो कामबारे भने बोल्न नसकेको बताइन् ।

पहिले सरकारमा हुनेहरुले संसद्‌मा साथ दिएको तर सरकारले गरेका राम्रा कामबारे भने प्रशंसा गर्न नसकेको जिकिर गरिन् । उनले भनिन्, ‘केही अघिसम्म सरकारमा हुनेहरुले पनि सरकारले गरेका राम्रा कामबारे भन्न सक्नु भएको छैन ।’ उनले चुनाव हुँदैन भनेर शंका नगर्न आग्रह गर्दै सुरक्षा निकाय र निर्वाचन आयोगले तयारी गरेपछि चुनाव सुनिश्चित हुने दाबी गरिन् ।

उनले नेकपाको खातापातासम्बन्धी विवाद नियमअनुसार कानुनी प्रक्रिया पूरा गरी बन्द गर्नुपर्ने पनि बताइन् ।

दाहाल–नेपाल समूहले नै कारबाहीको शृंखला सुरु गरेको उनको जिकिर छ। विदेशी शक्तिले जोड्ने र तोड्नेभन्दा पनि यो आफै हुने अनि नियमअनुसार हुने विषय भएको उनको धारणा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस