१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो योनी छेदनले तिमी स्वर्ग ?

अ+ अ-

बा ! म बिहे गर्दिन
आमा ! म बिहे गर्दिन
भर्खर फूल्दै गरेको फूल
फक्रिन नपाउँदै किन चुँड्छौ ?

म त सानै छु
आमा तिम्रो काखमा निदाउने रहर
अझै पुगेको छैन
बा तिम्रो औँला समाइ हिँड्ने धोको
अझै मेटिएको छैन
मलाई बोझ किन मान्यौ ?
पराइ धन हो कसरी ठान्यौ ??

साथी सँगी सँगै उफ्रने, कुदने
खोलानाला र वनपाखा चहार्ने
चाहना अधुरै छ
पढ्ने, लेख्ने
सपना अपुरै छ
किन बा म तिम्रो सन्तान हैन र ?

भन त आमा
तिमीलाई मेरो माया छैन र ??
रजस्वला नहुँदै मेरो
जल खाइ पुण्य खोज्छौ
मेरा चाहना मारेर
निमोठेर मेरो स्वतन्त्रता
मेरा नयनका
अश्रुजल पिएर

तिमीले स्वर्ग रोज्छौ ?
मेरा यौनाङ्ग कलिलै हुँदा
पराइले लुछिरहँदा
म माथि बलात्कार भई रहँदा
कसरी तिमी हाँस्न सक्छौ ?
टुलुटुलु हेरी
सन्तोषले कसरी बाँच्न सक्छौ ??

ए बा ! भन त
ए आमा ! बताऊ न
त्यो कुन स्वर्ग हो
जहाँ कलिला नानीहरूको
योनी छेदन गरेर
रक्तधारा लागेपछि मात्रै
पुग्न सकिन्छ ?

त्यो कुन पुण्य हो
जो आफ्नै चेलीको
वैवाहिक बलात्कार
गराएर प्राप्ति हुन्छ ??

प्रतिक्रिया दिनुहोस