अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी


१७ पुस २०७७, शुक्रबार


जाजरकोट । कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा गएराती अज्ञात समुहले आगजनी गरेको छ ।

जाजरकोट (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी भेरी नगरपालिका –७ पुन्मामा गएराति आगजनी भएको हो ।

आगजनीबाट गाडी पूर्णरुपमा नोक्सान भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीले अहिलेसम्म आगजनी गर्ने कसैलाई पनि पक्राउ गर्न सकेको छैन । तर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस