प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख


१६ पुस २०७७, बिहिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा आलीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन् ।

प्रभानमन्त्री आलीको संसद विघटनको कदमले निम्तिएको पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले आज (बिहिबार)सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको र यसले नेपाल र नेपालीलाई अनिश्चिततातर्फ जाने उनीहरुको निष्कर्ष थियो । उनीहरुले मध्यवधि निर्वाचन अनावश्यक र सम्भव नभएको बताउँदै निर्वाचनमा हुने खर्चले धेरैजनालाई कोरोना महामारीबाट बचाउन सकिने बताउँदै उनीहरुले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार नभएको बताए । उनले भने, ‘यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु । मेरो भूमिकाका बारेमा राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाव लिएको छु । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनु भएको छ, मेरो ध्यानाकर्षण भएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस