२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी ओली संविधान विरोधी समुहको नायक हो : खनाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन् ।

बुधबार काठमाडौँमा आफू पक्षीय अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका हुन् ।

बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताए । उनले भने ‘केपी ओलीले केही मान्छेहरुलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन्, त्यो भेला भनेको एउटा गुटको भेला हो । त्यो संविधान विरोधी भेला हो । त्यो लोकतन्त्र विरोधी भेला हो । त्यो अराजक मान्छेहरुको भेला हो । त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’

उनले संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताए । प्रधानमन्त्री ओलीमा देखिदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार अवस्थामा पुगेको बताए । उनले भने, ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन् तर आज आफ्नै हस्ताक्षरलाई उनले बलात्कार गरेका छन् ।

देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरित उनले अहिले फेरी संसदको विघटन गरेका छन् । संसदको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’

देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरि प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको पनि वरिष्ठ नेता खनालले बताए । एक पटक संसद विघटन गरेपछि फेरी चुनाव भएपनि अब बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार राख्ने बताए ।

नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले उग्रबामपन्थी र कहिले दक्षिण बामपन्थी भड्काउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भड्काउ भएको बताए ।

प्रधानमन्त्री ओलीले काम भन्दा धेरै गफ गरेको समेत बताए । उनले भने, ‘धेरै गफ गर्ने, उखान टुक्काहरु हाल्ने, घरघरमा ग्यास चुल्हो ल्याइदिन्छु भन्ने खै कहाँ आयो ग्यास चुल्हो रु त्यही बालुवाटारमा पनि छ कि छैन ग्यास चुल्हो रु’

प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको पनि वरिष्ठ नेता खनालले बताए । ओली कम्युनिष्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस