कृषि विकास बैङ्क र राष्ट्रिय खेलकुद परिषद् बिच १० वर्षे सम्झौता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कृषि विकास बैङ्क र राष्ट्रिय खेलकुद परिषद् बिच १० वर्षे सम्झौता


१४ पुस २०७७, मंगलबार


काठमाडौँ । कृषि विकास बैङ्क र राष्ट्रिय खेलकुद परिषद्(राखेप) बिच १० वर्षे सम्झौता भएको छ । कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालबिच मङ्गलवार सम्झौता भएको हो। सम्झौता १४ पुस २०७७ कै मितिदेखि १० वर्षका लागि लागू हुने छ ।

दश बर्से सम्झौता पत्र आदान प्रदान गदै सदस्य सचिव सिलवालले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको र यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्ने बताए । बैङ्कहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्त्वपूर्ण योगदान हुने सदस्यसचिव सिलवालको भनाई छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रूपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताएका छन् । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायको भनाई छ ।

दश वर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्बन्धी ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउने छ । परिषद्ले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैङ्कका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैङ्कले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैङ्कले गरिदिन सक्नेछ । बैङ्कले छपाई गरेको टिकटमा संस्थाको व्यावसायिक सन्देश राखिनेछ । बैङ्किङ कारोबारका लागि बैङ्कले परिषद्को बैङ्किङ पार्टनर भई कार्य गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस