सेवाकालिन तालिम लिन इच्छुक अधिकृतका लागि दरखास्त आव्हान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेवाकालिन तालिम लिन इच्छुक अधिकृतका लागि दरखास्त आव्हान


१४ पुस २०७७, मंगलबार


काठमाडौँ । हालसम्म सेवाकालिन तालिममा नलिएका तथा तालिममा सहभागी हुन इच्छुक अधिकृतहरूका लागि दरखास्त आव्हान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित तृतीय श्रेणीका लागि सञ्चालन हुने ३० दिने प्रोफेसनल कोर्स अन म्यानेजमेन्ट–पीसीएमडी तालिमका लागि आव्हान गरेको हो । प्रशिक्षार्थीले पुस २२ गतेभित्र मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा आई पुग्ने गरी पठाउन भनेको छ ।

हालसम्म सेवाकालीन तालिम नलिएका तथा तालिममा सहभागी हुन इच्छुक मन्त्रालय, अन्तर्गतका निकाय र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरूले तालिममा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस