खनाल चिनियाँ प्रतिनिधिमण्डल भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खनाल चिनियाँ प्रतिनिधिमण्डल भेट


१३ पुस २०७७, सोमबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले नेकपा  वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको छ।

खनाल निवास डल्लुमा झन्डै १ घण्टा कुराकानी भएको कुराकानीका क्रममा दुई पार्टी र दुई देशबिचको सम्बन्धलाई अझ राम्रो बनाउने, सुदृढ गर्ने बारेमा छलफल भएको छ ।

प्रतिनिधिमण्डलले खनालसँग नेपालको वर्तमान परिस्थितिको बारेमा जिज्ञासा समेत राखेको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहित ४ सदस्य प्रतिनिधि मण्डलले आइतबार राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो भने आज पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई समेत भेट गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस