९ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

९ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस


१३ पुस २०७७, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको हो ।

कात्तिक अन्तिम साताको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेको थियो । त्यसबाहेक ४ जना डीआईजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।

बढुवा सिफारिस गरिएकामध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस