जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म


१३ पुस २०७७, सोमबार


ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ। बिहीबारदेखि लागेको डढेलो आइतबार केही नियन्त्रणमा आएपनि सोमबार बिहानबाट पुन: फैलिएको हो।

आगो मन्दिरसम्मै पुगेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । मन्दिर र आसपासका धर्मशाला जोगाउन सिम्रिक एयरको हेलिकोप्टर मगाइएको उनले बताए ।

हेलिकोप्टरबाट पानी हानेर मन्दिर परिसर बचाउने तर जङ्गलको आगो भने नियन्त्रणमा लिन असम्भव रहेको पाथिभराका कर्मचारी राजेन्द्र महतको भनाइ छ। आगो निभाउन पाँच दिनदेखि तीनवटै सुरक्षा निकाय, पाथिभराका कर्मचारी र स्थानीय खटिएका छन्। डढेलोले सिरिजङ्घा ३ ढांडेमा रहेको चौंरी गोठसमेत जोखिममा परेको गोठका कालू शेर्पाले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस