अविश्‍वासको प्रस्ताव आरामले सामना गर्न तयार छु : मुख्यमन्त्री राई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अविश्‍वासको प्रस्ताव आरामले सामना गर्न तयार छु : मुख्यमन्त्री राई


१२ पुस २०७७, आइतबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् ।

नेकपाको दाहाल–नेपाल समूहले आइतबार अविश्‍वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्‍चारकर्मीसँग प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताए ।

अविश्‍वासको प्रस्ताव म सुविधाजनक बहुमतका साथमा प्रदेशसभामा सामना गर्छु,’ उनले भने, ‘प्रदेशलाई तहसनहस बनाउने चाहना र उद्देश्य असफल बनाउनेछु ।’

अविश्वासको प्रस्ताव आफूले काम नगरेर वा नाजायक काम गरेर नभई नियोजित तरिकाले दर्ता गरिएको भन्दै उनले यो विषयमा सांसदहरु जानकार रहेकोले आफूलाई सामना गर्न अप्ठेरो नरहेको धारणा राखे ।

अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ, खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई पनि कमजोर बनाउने, अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत हुन नदिने भन्ने मनसायबाट दर्ता भएको उनको टिप्पणी थियो ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस